Saturday, 31 December 2016

मुग्लानी अक्षरहरु
(गजल सङ्ग्रह) 




कुलुङ्गे राई कान्छो (पर्शु)





प्रकाशकः
कुलुङ् संघ अग्राखे भोजपुर








बिधा : गजल सङ्ग्रह
कृति : मुग्लानी अक्षरहरु
गजलकार  : कुलुङ्गे राई कान्छो (पर्शु)
E-mail : parshurai16@gmail.com
सर्वाधिकार : लेखकमा सुरक्षित
संस्करण  : प्रथम २०७३ (सन् २०१६)
प्रकाशक : कुलुङ् संघ अग्राखे भोजपुर
प्रकाशन प्रति : १००१ 
मुद्रण : अलफा प्रिन्टिङ् हाउस कमलपोखरी काठमाण्डौ 
फोन : ९८५२८३०६६५
कम्प्युटर सेटिङ्: प्रकाश ‘पुष्पक’ राई (पुमा)
आवरण/लेआउट : नयन मञ्जरी क्रियसन, काठमाण्डौ
फोन : ९८२३७४२२९५
ISBN N0.: 978-9937-01653-7
मूल्य : रु. १२५/-
MUNGLAANEE  AKSHARHARU
By Kulunge Raee Kanxo 'Parshu'









समर्पण 
साइँला दाजु
स्व. श्री रवीन्द्र कुलुङ प्रति












मुग्लानी कान्छोका अक्षरहरु

समय वलवान छ र गतिशिल पनि छ । जीवनमा कहिले मधेस त कहिले भोट भन्ने शव्द आज भन्दा २० बर्ष अगाडी प्रयोग हुन्थ्यो आज त्यही मधेस र भोटको ठाउमा उकाली र ओराली भन्ने शव्द प्रयोग गरिन्छ ता की समयले कोल्टे फेरेपनि हाम्रो मानव जीवनले संर्घष गर्न छोडेको छैन । नया खोज र अनुसन्धनमा मानव तल्लिनछन् यो अकाट्य सत्य हो । अक्षर मार्फत कान्छोले मुग्लानी कथा र व्याथाहरु समेटिएको कृति मुग्लानी अक्षरहरु भित्र मुग्लानमा भइरहेको यथार्त साचो सत्य जीवन कहानीलाई स्वतन्त्र गजलका शेरहरुमा क्रमवद्ध रुपमा समेटिएर सवैको अगाडी अक्षर मार्फत कान्छाले प्रष्ट पारेकाछन् ।
गजलकार कान्छोले ठेट नेपाली भाषाको प्रयोग गरेर स्वतन्त्र तरिकाले लेखेका १०१ गजलहरु हरेक कोणहरुबाट खवरदारीका आवाजहरु हरेक शेरहरुमा बगिरहेको पाइन्छ । नेपाली साहित्यको वर्तमान अवस्थामा यस गजल बिधामा सर्जकहरु झुमिरहेको देखिन्छ । वर्तमान अवस्था गजल बिधा सलसली कुधीरहेको छ । प्रवश डायस्पोरा गजलहरु बिभिन्न कोणहरुबाट शाब्दिक प्रहारहरु कुलुङ्गे राई कान्छोको गजलका शेरहरुमा पाइन्छ । देश परिवेश दुःखेको छ, प्रवाशमा दुःख छ, प्रवाशबाट आफ्नो प्रियशीको यादमा गरेको विलौना, बाध्यताको जन्जीरभित्र रहेर मालिकको गाली सहनुपर्ने, देशको दयनिय अवस्थाले प्रवाशिनु पर्ने बाध्यता, समस्त नेपाली युवाशक्तिको प्रवाश पीडा, पे्रमप्रणय अनि आपसमा भइरहेको मायामा विछोडको पिडा लगाय प्रवाशी दैनिकी दिनचर्याका बिलौनाहरुलाई कान्छोले स्वतन्त्र गजलबाट आफ्नो शाव्दीक गाजली मसीहरु मुग्लानी अक्षरहरुमा हस्ताक्षर गरेकाछन् ।  गजलकारकान्छा जे देखेकाछन् र भोगेकाछन् सोही कुराहरु गजल मार्फत प्रस्तुत गरेको पाइन्छ । प्रवाशको वसाइले घरदेश घरपरिवारमा हुने आन्तरिक मनमोटाव, सम्बन्ध बिच्छेद जस्ता भावहरुको चित्रणभने गजलका शेरहरुले दरिलो प्रहार गरेको पाइन्छ । देशमा भइरहेको घुसखोरी र भ्रष्ट्रचारी र दलालीले गर्दा देशनै तहश नहस भइरहेको सत्य चित्रण गजलका शेरहरुमा बोलिरहेको पाइन्छ ।
समग्रमा हाम्रो समाजमा भरहेको छुवाछुत, जात आदी इत्यादीको भण्डाफोर नै गरेको पाइन्छ । हिजोको कुसंस्कार र कुरितिलाई परिमार्जन गरेर समाजनै बदल्नु पर्छ अनिमात्र देश बद्लिन्छ यो गजलकारको मूल नारा रहेको पाइन्छ । माया, स्नेह र प्रेममा सँधै मुस्कुराउने कान्छोले धेरैजसो प्रेम प्रणयका गजलहरु समावेश गरेकाछन् ।
आफ्नो जन्मथलो कुलुङ् भोजपुरबाट टाढा प्रवाशी जीवन बिताइरहेका कान्छोले आफ्नो धरातललाई कहिल्यै बिर्सेका छैनन् । आफ्नो गाँउ, समाज, परिवार तथा देश लगायत राष्ट्रका लागी निरन्तर साहित्य मार्फत गजलका शेरहरुबाट खवरदारीमा लागिरहेका छन् । अरुको देशमा अरुको खटनमा रहेर अमुल्य समयलाई सदुपयोग गरेर हाम्रो अगाडी मुग्लानी अक्षरहरु कृति ल्याउनु भनेको सामान्य काम होइन त्यसैले गजलकार कान्छाको यो साहशी कार्यलाई सलाम गर्नैपर्छ ।
अन्त्यमा, यो गजल कृति मुग्लानी अक्षरहरु र गजलकार कुलुङ्गे राई कान्छोको साहित्यलेखन यात्राको हार्दिक शुभकामना ।

–प्रकाश ‘पुष्पक’ राई (पुमा)
२५ असोज, २०७३











शुभकामना

       कुलुङ–२ अग्राखे भोजपुर पि साधारण किसानी कुलु खिम पि, पापा आशमान कुलुङ लो मामा रत्ना कुलुङ मि कोख पिका जन्मे छुवा क ई रोदु साहित्य प्रेमी श्री कुलुङ्गे राई कान्छो (पर्शु) जीवन संघर्ष मतो मतो मुग्लान (मलेसिया) तातेका दोसो ङा नेपाली साहित्य पि हायाम नत्तोछा खालखाले साहित्य बिधा पि कलम तोतो थोङचाई क तुवे । मुग्लान पा तुना दोसो ङा, मुग्लान पा क कथा–ब्यथा समावेश मना पहिलो साहितिक कृति गजल संग्रह ‘मुग्लानी अक्षरहरु २०७३’ पहिलो सस्करण प्रकाशन मकपी हायाम ओ जी नखाता के । खेना हायाम ओलोनुव सो ङा पिको ओ । आम सफल साहित्यिक यात्रा मि हायाम–हायाम शुभकामना पित्तो आम प्रगति उन्नति आ शिलिचुङ तो बुकुर्चाेङ तो परर बानचानुव पिक्तो शुभकामना ब्यक्त मुयो के ।
ओलोनुव ! धन्यवाद !!
– शम्सेर कुलुङ
माङतेवा–८ याङदेप सखुवासभा
२८ असोज, २०७३











शुभकामना
शुभकामना त्यो हातलाई ....
शुभकामना शब्द सृजनालाई .....
शुभकामना सर्जक अनि,
सिर्जनशील मन मस्तिष्कलाई ।
           भोजपुर जिल्लाको सुदुर उत्तरपूर्व कुलुङ् २, अग्राखेमा जन्मी शिक्षाको प्रारम्भिक अवस्थासंगै साहित्यका बिभिन्न बिधामा कलम चलाउँदै रोजगारीको शिलशिलामा मुग्लान छिर्नु भएको कुलुङ्गे राई कान्छो (पर्शु) कुलुङ्कै एक नविन साहित्य सर्जकको रुपमा चिन्दछु । कुलुङ्को शैक्षिक उर्बरभूमीबाट प्रशस्तै बौद्धिक, प्राबिधिक ब्याक्तित्वहरु तथा हरेक क्षेत्रमा सशक्त जनशक्तिको उत्पादन भए पनि साहित्यिक सर्जकको अभाव खड्किएको देख्छु म । यस अवस्थामा स्थानिय परिवेश, नेपालको समसामयिक गतिबिधी, प्रेम तथा समग्र घटनाक्रमलाई उठान गर्दै शब्दहरु सरल सरस रुपमा शैलीबद्ध गर्दै गजलको रुपमा शब्द संङ्कलन गर्ने कान्छो भोलि सफल गजलकार हुने सम्भावित सर्जक हुन् ।
        प्रवासकरुो ठाउँमा लामो समयको आफ्नो जिम्मेवारी पूरा गरेर बचेको छोटो समयलाई सधैं सृजनामा समर्पित लगनशील कान्छो आफ्नो गजल संग्रह मुग्लानी अक्षरहरु प्रकाशन गर्ने तयारीमा हुनु हामी प्रवासी लगायत सम्पूर्ण कुलुङ्बासीहरुको लागि खुशीको कुरा हो । यो खुशीको अवसरमा उहाँको प्रकाशित गजल संग्रह मुग्लानी अक्षरहरु ले आजको गजलमय परिवेशमा उत्कृष्टता प्राप्त गर्दै भोलि सशक्त सर्जक बन्न अभिप्रेरित गरिरहोस् भन्ने अपेक्षा सहित कान्छोको साहित्यिक सकृयतालाई सलाम अनि शुभकामना ।

–राजेन्द्र राई
कुलुङ् ६, जिमीगाऊँ भोजपुर, हाल कतार          
२६ आश्विन, २०७३











शुभकामना

        मानव जीवन मरणशील छ । शरीर मरेर गएपनि केही मानिसहरु सदा संसारमा बाँचिरहेका हुन्छन् । किर्तिस्य सः जीवती अर्थात जसले किर्ति छोडेर जान्छ ऊ सधैं अमर रहन्छ । हाम्रा कृति र सृजनाहरुले हामीलाई सदैंव अमर राख्छ । 
       मुग्लानी अक्षरहरु प्रकाशन हुँदैछ भन्ने खबरले म हर्ष विभोर भएँ । कुलुङ्गे राई कान्छो का प्रायः सबै सृजनाहरु पढ्ने मौंका पाएकी छु । उहाँका सृजनाहरु पढिरहँदा म आफूलाई कलमको दुनिँयामा भनौं साहित्यको संसारमा एकदम सानो बालक सम्झन्छु । कुलुङ्को माटोले यस्तो कलमबीर जन्माएकोमा म कुलुङ् बुढेनीलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु । कुलुङ्गे राई कान्छोका सृजनाहरु कुनै नवोदित लेखकका अभिब्याक्ति होईनन् । आफ्नै दुःख सुख, मिलन बिछोड, खुशी आशु अनि घरदेखि परदेश सम्मका सम्पूर्ण भोगाहरु नै मुग्लानी अक्षरहरु प्रकाशनका आधारशील हुन् भन्ने मलाई लाग्छ । जे होस् कुलुङ्को माटोमा साहित्यिक सर्जकका रुपमा एउँटा फूल फुल्ने तयारीमा छ । यो फूल फुल्नेछ, फक्रनेछ र साहित्य आकाशमा बेस्सरी मगमगाउँनेछ । श्रष्टालाई र उहाँको गजल संग्रहले यूगौयूग जीवन्त राख्नेछ भन्ने बिश्वास गरेकी छु ।
           अन्त्यमा, मुग्लानी अक्षरहरु को प्रकाशनले सर्जकलाई साहित्य लेखनमा थप उत्साह र प्रेरणा मिलोस् । अक्षरको यात्रामा उहाँको कलम कहिल्यै नथाकोस् र सर्जकको यो पहिलो प्रयासको सम्मान गर्दै अक्षरको यात्रामा उहाँको सधैं विजय होस् । शुभकामना  ।।
– सविता राई 
कुलुङ् ६, भोजपुर
हालः धरान २२, सुनसरी
२९ असोज, २०७३













शुभकामना

         मेरो डेढ दशक मलेसिया बसाईमा असङ्ख्य धुम्ती र सहयात्री भेटिए, छुट्टिए । कोहि यो मनमा गहिरो छाप छाडेर गएका छन् भने कोहि हावा सरि बिलाएर । सिर्जना पोस्टको पछिल्लो क्रममा मैले एक झर्झराउँदो प्रतिभा भेटेको छु कुलुङ्गे राई कान्छो कुलुङ् २ अग्राखे भोजपुर । हाल हामीले टेकेको भूमि, श्वास फेरेको हावा र बाँचेको समय एउँटै छ र पनि हाम्रो सिधा सम्पर्क भने फेसबुककै हो ।
         उनको पहिलो कृति गजल संग्रह मुग्लानी अक्षरहरु प्रेसमा जादैछ भन्ने सुन्दा हर्षित छु म एक जना सर्जक र कृति थपिने देखेर । उनको बानी भेटे जति अरुका सिर्जनामा आफ्नो पाठकिय अभिमत दिन छुट्दैनन् । लेख्न सिक्ने र जान्ने नै यसरी हो, अरुको सिर्जनाको पाठक बनेर । उनीलाई म मायाले कान्छो भाई भन्छु ।
           उनका गीत, गजल, मुक्तक, रुबाई, केस्रा आदि पढ्दा उत्साहित छु म । उनको जाँगर र लगन यस्तै जारी रहोस् अनि यो कृतिले पनि सबैको मन जितोस् । उत्तरोत्तर लेखन प्रगतिको शुभकामना । सेमुना...।।

– दिलिप राई सगर
प्रबक्ता
केस्रा लेखन मन्च, मलेसिया
वि.ने.सा.स (केन्द्रिय सदस्य)
३० आश्विन, २०७३













मेरो कलम

     अहिलेको यो समयमा सामाजीक सञ्जाल फेसबुक प्रयोग नगर्नेहरु प्रायः बिरलै होलान् । संसारका हरेक कुना–काप्चामा यसको प्रयोगकर्ता अधिकतम पाईन्छ । जसको प्रभावले मानिसको जीवनमा केहि न केहि हलचल ल्याएको छ । जसमध्ये म पनि एक हुँ । जब मैंले फेसबुक प्रयोग गर्न थाले तब फेसबुकका भित्तामा अनेक साहित्य सृजनाका खुराकहरु पढ्ने अवसर पाएँ । जुन सृजनाका भावहरुले मेरो कोमल हृदयलाई बेस्सरी छुन्थ्यो । जसले गर्दा म मा पनि साहित्य प्रतिको झुकाव बढ्न थाल्यो बिस्तारै मनका अन्तरबेदनालाई यो फेसबुकका भित्तामा पोख्न थाले । झन यो प्रवासी जीवनमा भोगिएका हरेक दुःख–सुख, प्रेमपिडा हाँसो आँशुहरुको बोझ बिसाउँने चौतारी नै फेसबुकको भित्तो बनेको छ । आज अन्ततः यसरी फेसबुकका भित्तामा छरिएर पोखिएका प्रवासी कथा ब्याथाका केहि रचना र भावनाहरुलाई भेला पारी मुर्त रुप दिन ‘मुग्लानी अक्षरहरु’ नामक पुस्तकको तयारी गरिएको छ । जसको प्रकाशनमा सहयोग गरिदिनुहुने श्री कुलुङ् संघ अग्राखे भोजपुर प्रति आभार प्रकट गर्दछु ।
       साहित्यको आकाश खुल्ला अनि फराकिलो छ, जहाँ जो कोहि साहित्यनुरागीहरु स्वेच्छाले स्वतन्त्र भएर उड्न सक्छन् । जसनुरुप म पनि आफ्नै तवरले स्वतन्त्र भएर उड्न चाहेको छु । यस संग्रहमा समाबेश मेरा सम्पुर्ण गजलहरुमा बिशुद्ध स्वतन्त्र, मौलिक, आफ्नै कथा ब्याथा समेटिएका छन् । म कहिल्यै साहित्यमा रुची नभएको मान्छे तर वातावरणकुल यो समय र परिस्थिति संगै हरेक दर्दहरुले आफैं सिकाउँदो रहेछ साहित्य जीवनमा जसको पराकाष्ठा कोरिएका आफ्नै भावनाहरु हुन् । यी रचनाहरु साहित्यको गन्ध मन पराउँन थालेदेखि साहित्यलाई पछ्याउँने क्रममा ताते–ताते गर्दै पहिलो पटक प्रवाशमा रहेर लेखेका मेरो सिकारु १०१ स्वतन्त्र गजलहरु तपाइमाझ पस्केको छु । आशा छ, यहाँले पढेर सल्लाह सुझाव दिई हौसला प्रदान गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गरेको छु ।
      अन्त्यमा पुस्तक प्रकाशनमा फेद देखि टुप्पो सम्मै सहयोग गरिदिनुहुने श्री प्रकाश ‘पुष्पक’ राई (पुमा) प्रति हृदयदेखि नै हार्दिक धन्यबाद दिन चाहान्छु । साथै शुभकामना लेखिदिनुहुने शमशेर कुलुङ बुबु, सबिता राई दिदी, राजेन्द्र राई काका र दिलिप राई दाजु सबैमा हार्दिक आभार प्रकट गर्दै मेरो कलम यही बिसाउछु । धन्यवाद ।
– कुलुङ्गे राई कान्छो (पर्शु)
३० आश्विन, २०७३ मलेसिया










प्रकाशकिय

भोजपुर जिल्ला बिशेषगरी ....कारहरुको उर्वराभूमी हो । शव्दमा जोडिने उपसर्ग र प्रत्ययको मिलन जस्तै साहित्यमा कार जोडिनु, गीतमा कार जोडिनु, संगीतमा कार जोडिनु, गजलमा कार जोड्नु अथवा कलामा कार जोडिनु चानचुने कुरो होइन । अतः कार हुनु स्वभाविक हो तर यि शब्दहरुमा कार जोड्नु त्यती सहज छैन । कार मात्र जोड्नु किन्नु पैसा रुपैयाले हुन्छ तर यी शब्दहरुको पछाडी कार जोड्नु भनेको पैसाले मात्र जोड्न असम्भव छ ।
यहाँ भोजपुरे कान्छो कुलुङ्गेले शाहस गरेका छन् जहा प्रवाशको ब्यास्त समयलाई सदुपयोग गरेर हाम्रो अगाडी कृती लेखेर हामी माझ पस्कनु भएको छ । उहाको यो शाहसीकामलाई सलाम गर्नै पर्छ । कुलुङ् २ अग्राखे भोजपुरबाट अहिले मलेसियामा प्रवाशी जीवन बिताईरहेका कान्छोले साच्चै मुग्लनाको कथा र ब्याथा समेटेको गजल कृति मुग्लानी अक्षरहरु प्रवाशी जीवन भोगाइको एक दस्तावेज हुन सक्छ ।
प्रवाशमा रहेर देशप्रेम र प्रकृतिप्रेममा रमेका कान्छो कहि कतै माया प्रेमका गजलहरुमा समेत रमेकाछन् । प्रवाशी जीवन र प्रवाशको वास्तविकता ओकालत गर्नु नै उनको मुग्लानी अक्षरहरु हुन् । यो उनको भोगाई हो र वास्तविकता ओकलेको पाइन्छ । जस्तै पिडा र वेदनाको जन्जीर भित्र रहेर पनि समयको सदुपयोग गरेर अक्षरहरु संगाल्नु मुग्लानी अक्षरहरु मन भित्रको दर्दनाक कथा हो यो उहाको भनाई हो । नव गजलकार कुलुङ्गे राई कान्छोको यो कृति छाप्न वा प्रकाशन गर्न पाउनु भनेको कुलुङ्संघ अग्राखे भोजपुर का लागी ठूलो भाग्यको कुरा हो । यस कृतिको लागी प्रकाशक परिवार कुलुङ्गे राई कान्छो प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछौ ।
अन्त्यमा गजलकार कुलुङ्गे राई कान्छोको १०१ वटा संग्रहित गजल कृति मुग्लानी अक्षरहरु पाठक माझ हामिले प्रकाशन गरिरहेका छौ । तपाई मानुभावहरुको प्रतिकृयाको आपेक्षा सहित विदा चाहन्छौ । धन्यवाद ।

–प्रकाशक
कुलुङ्संघ अग्राखे भोजपुर 








गजल १

जुनदिन मेरी आमाले पुज्ने भगवान पत्थर भईदियो ।
र बा’को चाउरीएका गालामा आँशुका नहर भईदियो ।

बा–आमालाई बुढेसकालमा सुखका साथ पाल्छु भनी,
घर बन्धकी राखी बिदेशीएको छोरो बेखबर भईदियो ।

संगालेर राखेका बाँकि केहि खुशीका थुप्रोहरु पनि,
बगाई लगेसी नदीले जिन्दगी सुख्खा बगर भईदियो ।

स्वार्थी समय नै यो जिन्दगीसंग बिकर्षण भईदिए पछि,
हिजो भईसकेका निर्णयहरु पनि आज बद्दर भईदियो ।

कुहिरो भित्र अल्मलिएको त्यो काग झैं सधैं अल्मिरहने,
यो ‘कान्छो’को जिन्दगीमा यो कस्तो सफर भईदियो ।

गजल २

निर्णय जो आफैंसंग हरपल, गुनासो गरिरहेछ ।
कसरी भयो यसको छलफल, गुनासो गरिरहेछ ।

सौन्दर्य थियो त्यो जो, आँशुले पखालीदिए पछि,,
आँखामा पोतिएको गाजल, गुनासो गरिरहेछ ।

ईच्छा आकांक्षा बिपरित, यता र उता धकेलिरहने,
त्यो हावाको झोक्कासंग बादल, गुनासो गरिरहेछ ।

टाढिन्छन् मात्रै किन म संग, यी प्रेमिल मान्छेहरु,
काँडा बिचको गुलाबसंग कमल, गुनासो गरिरहेछ ।

आफ्नैले दिल तोडी अन्तै, गएदेखि यो ‘कान्छो’को,
आफ्नाहरु संगै दिलको आँचल, गुनासो गरिरहेछ ।

गजल ३

आँशु त्यसै निस्कदैन दिल दुखेर निस्कन्छ ।
जस्तो की झरनाहरु पहाड फुटेर निस्कन्छ ।

साँचो प्रेममा धोका खाएको प्रेमी दिनरात नै,
भट्टी भित्रबाट जलेको सरावमा डुबेर निस्कन्छ ।

सोंच्छु म कति भाग्यमानी होला त्यो साबन,
जो कसैको सुन्दर अङ्ग–अङ्ग चुमेर निस्कन्छ ।

भोलि अमिर बन्न सक्छ आजको भिखारी पनि,
जसरी यहाँ उज्यालो अँध्यारो पुरेर निस्कन्छ ।

काँडालाई घृणाको नजर लाग्ने यो समाजमा,
अब ‘कान्छो’ काँडाको बिच फुलेर निस्कन्छ ।

गजल ४

जब तिम्रो याद आउँछ र यो मन हलचल हुन्छ ।
अनि हृदय र मगज बिच यस्तो छलफल हुन्छ ।

जान त तिमी हिजो तिम्रै बाटो नै गएकी थियौं,
तर आज किन यहाँ मेरो यात्रामा दखल हुन्छ ।

उज्यालोमा मात्र साथ दिने त्यो छाँया पनि यहाँ,
समय अनुसार स्वयं त्यो आफै फेरबदल हुन्छ ।

यो प्रेम भन्ने चिज खै कस्तो हो बुझ्नै सकिएन,
कहिले पागल बनाउँछ कहिले आफैं पागल हुन्छ ।

तिमी बिना यस्तो होला यो ‘कान्छो’को जिन्दगी,
जस्तो की लेखिने काफिया बिनाको गजल हुन्छ ।

गजल ५

बाँच्दैछु म मेरो जिन्दगी आफ्नै लगाबमा बाँच्दैछु ।
मन भित्रका रहरहरुलाई राखेर दबाबमा बाँच्दैछु ।

अनुहार हेरेर भन्छन् क्या बिन्दास छ तेरो जिन्दगी,
हृदय बुझ्नेहरुलाई था’छ कस्तो नकावमा बाँच्दैछु ।

यो दिलको सिंहसान नै खाली गराएर गए देखि उनी,
म आजकल यी आँशुहरु मिसाएर सराबमा बाँच्दैछु ।

पैंसा कै लागि यो बैंशालु जीवान फक्राउँदा सम्मपनि,
किन अझै म यहाँ पैंसा कै अभावै अभावमा बाँच्दैछु ।

बाँच्दैछु म मेरो जिन्दगी आफ्नै लगाबमा बाँच्दैछु ।
मन भित्रका रहरहरुलाई राखेर दबाबमा बाँच्दैछु ।

गजल ६

कहिले एक्लै त कहिले हुलदङ्गा भएर ।
कति बस्नु बरालिदै यहाँ लफङ्गा भएर ।

मलाई घृणित नजरले हेर्ने यो समाजमा,
बहनुछ अब सबै सामु पवित्रगङ्गा भएर ।

अनेकौं चोट पिडाहरु सहेर पनि जहिल्यै,
मुस्कुराउँनु छ अटल कञ्चनजङ्गा भएर ।

सबैको हाँसो खुशी बोकेर एकदिन पक्कै,
उड्नेछ ‘कान्छो’ आकाशमा चङ्गा भएर ।

कहिले एक्लै त कहिले हुलदङ्गा भएर ।
कति बस्नु बरालिदै यहाँ लफङ्गा भएर ।

गजल ७

छ न त यो हृदयभरी उनकै ममता छ ।
तर छुट्टिएर जीउँनु पर्ने यो बाध्यता छ ।

एउँटै छ जूनको दाग मन पर्नुको कारण,
उनको कालो कोठीमा क्या सुन्दरता छ ।

यसरी साथ रहोस हामी एक अर्कामा सधैं,
जसरी ती कमिलाहरुमा यस्तो एकता छ ।

एक बल्ड्याङ खादैमा हरेश खान्न ‘कान्छो’,
था’छ ? असफलता पछि नै त सफलता छ ।

छ न त यो हृदयभरी उनकै ममता छ ।
तर छुट्टिएर जीउँनु पर्ने यो बाध्यता छ ।

गजल ८

काले पुन्टे भन या लुरे, गर्व लाग्छ मलाई ।
किनकी म हुँ भोजपुरे, गर्व लाग्छ मलाई ।

जसले जे–जे भने पनि चुपचाप सहिदिने,
भन्छन् सबै खुल्ला छु रे, गर्व लाग्छ मलाई ।

अन्याय र कु–संस्सारलाई रोक्न सक्ने एक,
अजंगको पर्खाल हुँ रे, गर्व लाग्छ मलाई ।

मेरो प्रेममा पर्नेहरु भन्ने गर्छन् आजभोलि,
‘कान्छो’को प्रेम छ ढुकुरे, गर्व लाग्छ मलाई ।

काले पुन्टे भन या लुरे, गर्व लाग्छ मलाई ।
किनकी म हुँ भोजपुरे, गर्व लाग्छ मलाई ।

गजल ९

मनमा चोट अनि मस्तिष्कमा पिर बोकेर ।
हिडिरहेछु म यो खै कस्तो तक्दिर बोकेर ।

दिलमा बसेको मान्छे नै फरार भए देखि,
बाँचिरहेछु म हृदयमा उसकै तस्विर बोकेर ।

राष्ट्रियताको खाँतिर उत्रिएकोछु रणमैदानमा,
बुद्धभूमिको छाती अनि सगरमाथा शिर बोकेर ।

लाग्छ, हाम्रो सम्बन्ध त अब यहाँ यस्तो हुनेछ,
जस्तो कि बहन्छ नदी आफ्ना दुइतिर बोकेर ।

हिजो हराउँन खोज्ने ऊ विजय उत्सवमा आज,
आ’की छे फूलमाला र रातो अबिर बोकेर ।

गजल १०

न प्यास छ आजकल न त भोक छ ।
तिमी छौ र यो दिलमा सबथोक छ ।

दिल तोड्यौ भने पागलै हुन्छु होला म,
यो मनमा यहिं एउँटा कुराको शोक छ ।

गुलेलीको निशानीमा परे पछि भँगेरी,
हेर त त्यो भँगेरोको कति बिजोक छ ।

नलोभिनु अनेक लोकको बर्णन सुनेर,
हाम्रो लागि प्रिय त यहिं हृदयलोक छ ।

साथ दियौ भने यसरी नै ‘कान्छो’लाई,
तिमी मुना अनि म मदन बन्ने झोंक छ ।

गजल ११

स्वार्थी छ यहाँको शहर, सोचे जस्तो छैन बिदेश ।
यहाँको मन हुन्छ पत्थर, सोचे जस्तो छैन बिदेश ।

हरेक कुरामा सधैं यहाँ, दबाब र अभाब हुन्छ,
छाडी नआऊ गाउँघर, सोचे जस्तो छैन बिदेश ।

यहाँको यस्तो सुख भन्दा, गाउँकै दुःख ठिक छ बरु,
दुःखै होस् नआऊ सकभर, सोचे जस्तो छैन बिदेश ।

आफ्ना ईच्छा आकांक्षालाई, मारी चिहान खन्ने यहाँ,
जतातत्तै हुन्छन् हिटलर, सोचे जस्तो छैन बिदेश ।

सबै पाईन्छ बिदेश ठाऊँमा, भूलेर पनि नसोच्नु है,
कष्टकर छ प्रवासी सफर, सोचे जस्तो छैन बिदेश ।

गजल १२

गाह्रो रहेछ दुनियाँ, बुझ्दैछु आजभोली ।
नभए पछि रुँपिया, बुझ्दैछु आजभोली ।

देशको सरकारी जागिर हापेर पनि युवा,
किन छिर्दैछन् कोरिया, बुझ्दैछु आजभोली ।

मान ईज्जत प्रतिष्ठालाई लिलामीमा बेचेर,
बदल्दा रै’छन् हुलिया, बुझ्दैछु आजभोली ।

पैंसाकै खाँतिर आफ्नो जवानी उधारेर यहाँ,
बन्दा रै’छन् है गुडिया, बुझ्दैछु आजभोली ।

गाह्रो रहेछ दुनियाँ, बुझ्दैछु आजभोली ।
नभए पछि रुँपिया, बुझ्दैछु आजभोली ।

गजल १३

कुन्नी किन कहिले काहि बौलाहा भन्छे मलाई ।
अनि झुक्याएर चुमिदिदा फटाहा भन्छे मलाई ।

रिसाए झैं गरिदिन्छु उसले नाइँ नास्ती गरि भने,
सायद त्यसैले त होला नि रिसाहा भन्छे मलाई ।

मन मुटाव हुँदाखेरी कहिले भट्टी तिर छिरिदिन्छु,
हिजोआज भेट्नै हुन्न जड्याहा भन्छे मलाई ।

संसारमा प्रिय मान्छे तिमी नै त हौ नि ‘कान्छो’,
जुनि–जुनि पुर्याईदिनु मनको चाहा भन्छे मलाई ।

कुन्नी किन कहिले काहि बौलाहा भन्छे मलाई ।
अनि झुक्याएर चुमिदिदा फटाहा भन्छे मलाई ।

गजल १४

छ न त अरुको नजरमा जिन्दगी भरपुर छ ।
तर खै मलाई भने यो जिन्दगी साह्रै झुर छ ।

कसैलाई मन पराएको अभियोगमा नै आज,
त्यो दिलको अदालतमा म बिरुद्ध उजुर छ ।

सम्झिएनौ भन्छौ जहिले बिर्सिएकै कहाँ छु र ?
नत्र हेर यो हृदयभित्र तिम्रै यादका डङ्गुर छ ।

हो प्रेम गर्छु तिमीलाई र साथ दिन्छु जुनि–जुनि,
यती भन्दा यो ‘कान्छो’को कहाँ के कसुर छ ?

छ न त अरुको नजरमा जिन्दगी भरपुर छ ।
तर खै मलाई भने यो जिन्दगी साह्रै झुर छ ।

गजल १५

पसि फुटाएर दिलको दैला, कस्ती रै’छे मोरी ।
र मच्चाई कस्तरी खैलाबैला, कस्ती रै’छे मोरी ।

प्यासी रै’छे पिईरही, बेहोशीभई यौवनको रस,
अनि भरिन् उसको रित्तो घैला, कस्ती रै’छे मोरी ।

स्वच्छ अनि पवित्र थियो, हृदयको मन मन्दिर,
गराइदिइन् फोहर मैला, कस्ती रै’छे मोरी ।

जवानीको प्यास मेट्न, मात्रै रै’छ उसको स्वार्थ,
प्यास मेटी गइन् उता पैला, कस्ती रै’छे मोरी ।

पसि फुटाएर दिलको दैला, कस्ती रै’छे मोरी ।
र मच्चाई कस्तरी खैलाबैला, कस्ती रै’छे मोरी ।

गजल १६

मेरो नजरबाट हुन्छौ फरार, कहिले सम्म ?
र भन लुकाउँछौ त्यो प्यार, कहिले सम्म ?

मिठा फल दिने रुखमा ढुङ्गा मुढा बर्सिए झै,
यो दिलमा गरिरहन्छौ प्रहार, कहिले सम्म ?

प्रेमिद्वारा प्रेमिकाको बलत्कार पछि हत्या रे,
यस्तो घातक प्रेमको समचार, कहिले सम्म ?

दैवीक प्रकोपले बिचल्ली भा’छन् जनताहरु,
रमिते झैं हेरिबस्ने यो सरकार, कहिले सम्म ?

आउँछ्यौ सपनामा र ‘कान्छो’लाई सताउँछौ,
सपनामा मात्रै आउँछौ बारम्बार, कहिले सम्म ?

गजल १७

हामी सबै नेपाली हौ त्यसैले अधिकार बराबर चाहिन्छ ।
र धनी–गरिब, ठूला–साना सबैमा समान नजर चाहिन्छ ।

जसरी गह्रामा आली, खोलामा बगर, म मा तिमी भए झैं,
त्यसरी नै ती घाम जून अनि ताराहरुलाई सगर चाहिन्छ ।

मौसम अनुसार फुल्ने फूलहरु पनि बेमौसम मै फुलिदिदा,
हरेक चीजहरु परिवर्तन हुन कि बाध्यता कि रहर चाहिन्छ ।

कतिञ्जेल कल्पनामा मात्रै सपनाको धरहरा चड्छौ तिमी,
थाहा छ. ? लक्षित गन्त्यब्य पुग्न त निश्चित सफर चाहिन्छ ।
    
हिजो कुलत बारे सचेतक ‘कान्छो’ नै आज बिग्रेको देख्दा,
थाहा भयो मान्छे सप्रनु या बिग्रनु दुबैमा अवसर चाहिन्छ ।

गजल १८

दुःख या सुख खै कस्तो अनौठो पल पो पठाइन् ।
हिजो गुलाव पठाउँनेले आज कमल पो पठाइन् ।

यो जिन्दगी खाल्डोमा भासिरहेको बेला उसले,
माथि उकास्न भन्दै शिथिल दलदल पो पठाइन् ।

यता म पुर्खासंग ‘मुन्धुम’ को कुरा गरिरहँदा,
उताबाट उसले त पोष्ट ‘बाइवल’ पो पठाइन् ।

मेरो यो हृदयमा आगो लागेर छट्पटिरहँदा,
निभाउँन भनि तेल भरेर दमकल पो पठाइन् ।

उस्को झूटो प्रेम प्रति मेरो बिश्वास देखेर होला,
उसले उपहारमा त ‘कान्छो पागल’ पो पठाइन् ।

गजल १९

निष्ठूरी तिनै मेरी नुमाको कथा लेख्नुछ ।
धुरु–धुरु मलाई रुवाको कथा लेख्नुछ ।

बिछोडको ज्वालामा पिल्सिएका दर्दहरु,
सम्हालेको भित्री कुनाको कथा लेख्नु छ ।

जति उफ्रे’नि कान्लामुनि हुने बिचरा त्यो,
संर्घषशिल त्यो भ्यागुताको कथा लेख्नु छ ।

जिब्रो काटिएर पनि भित्र, पिजडा बाट,
प्रेमिल नाम बखान्ने सुगाको, कथा लेख्नु छ ।

निष्ठूरी तिनै मेरी नुमाको कथा लेख्नुछ ।
धुरु–धुरु मलाई रुवाको कथा लेख्नुछ ।

गजल २०

यसरी नै चलेको छ जिन्दगी, आफ्नै गतिमा ।
जसरी बगिरहेछ त्यो नदी, आफ्नै गतिमा ।

न रोक्न सक्छ कसैले न छेक्न नै र त यहाँ,
घुम्दछ पृथ्वी सूर्य वरिपरी, आफ्नै गतिमा ।

भावीले कोरेको जीवनको खाली क्यानभास,
त्यो समय आफैं भर्दछ मसी,आफ्नै गतिमा ।

समय संगै चल्छ हावा पानी, अनि प्रकृती,
यिनै प्रकृतीमा रमाउँछ कवी, आफ्नै गतिमा ।

समयले यो ‘कान्छो’ लाई नि, दासी बनायो,
र त घिसार्दैछ ऊ बलजफ्ती, आफ्नै गतिमा ।

गजल २१

उठी बिहान सबैरै, जानु छ गोठालो ।
दुःख बिराम सहेरै, जानु छ गोठालो ।

मेरो जीवन यसरी, बित्छ नि जहिल्यै,
खर खजाना भरेरै, जानु छ गोठालो ।

माया ममता गर्दैन, कस्तो हो निष्ठूरी,
जस्तो भए नि खटेरै, जानु छ गोठालो ।

लक्ष्य चुम्नुछ जसरी, मेरो त्यो गन्त्ब्य,
पूरा गर्न म जमेरै, जानु छ गोठालो ।

उठी बिहान सबैरै, जानु छ गोठालो ।
दुःख बिराम सहेरै, जानु छ गोठालो ।

गजल २२

प्रेमिल मिठा शब्द उनी, चढाउँछु तिमीलाई ।
नचुडिने माला बुनि, चढाउँछु तिमीलाई ।

हृदयको शब्दकोषलाई, एक–एक पल्टाएर,
सुन्दर सफा शब्द चुनि, चढाउँछु तिमीलाई ।

दिलको अदालत, कठघराबाट न्याय माग्दै,
बनाएर पूर्ण कानुनी, चढाउँछु तिमीलाई ।

दुँनियाको नजर लाग्न सक्छ, यो हाम्रो प्रेममा,
अतः अनेक मन्त्र गुनी, चढाउँछु तिमीलाई ।

मैंले जस्तै तिमीले पनि प्रेमलाई बुझ्यौ भने,
मेरो जीवन जुनि–जुनि, चढाउँछु तिमीलाई ।

गजल २३

जतन गरी जिन्दगीको खाता, बचाउँनु छ ।
र रगत अनि भावनाको नाता, बचाउँनु छ ।

यसकारण आज कान्छो मुग्लान पसेको हो,
कमाई धन बिरामी पिता माता, बचाउँनु छ ।

गरिविको झरीले रुझेको यो जीवनलाई,
ओढाएर एक भरपर्दो छाता, बचाउँनु छ ।

मेरो झुपडीमा घाम पानीले अति चियाएसी,
लगाई छेकेर त्यो जस्ता पाता, बचाउँनु छ ।

पहिले जन्म नै महान हुन्छ, बुझेको छु मैले,
अत जीवन बेचेर जन्म दाता, बचाउँनु छ ।

गजल २४

जन्म दिने बा–आमाको महत्व बुझ्नु पर्छ ।
अनि ईच्छा आकांक्षाको महत्व बुझ्नु पर्छ ।

दुँनियामा नेपाल र नेपाली चिनाउँने,
उच्च सगरमाथाको महत्व बुझ्नु पर्छ ।

जान्दा जतातत्तै फल्छ अमूल्य चीज,
हर्रो अनि अमलाको महत्व बुझ्नु पर्छ ।

स्वर्ग भन्दा प्यारो आफ्नो जन्मभूमी,
प्राकृतिक सुन्दरताको महत्व बुझ्नु पर्छ ।

जन्म दिने बा–आमाको महत्व बुझ्नु पर्छ ।
अनि ईच्छा आकांक्षाको महत्व बुझ्नु पर्छ ।

गजल २५

प्रेम के हो ? यसको अर्थ खोज्नु छ मैंले ।
अनि पिरतीको बारे केहि बोल्नु छ मैंले ।

प्रेम बिना त जीवन चल्दैन भन्छन् यहाँ,
अतः गहिरीएर यो बारे सोच्नु छ मैंले ।

जब, पौडिन सक्छु म प्रेमिल सागरमा
तब मात्रै प्रेमको महत्व जोख्नु छ मैंले ।

जसरी भए नि यो हृदयमा एकदिन,
कसैको एक प्रेमिल नाम खोप्नु छ मैले ।

प्रेम के हो ? यसको अर्थ खोज्नु छ मैंले ।
अनि पिरतीको बारे केहि बोल्नु छ मैंले ।

गजल २६

खुशी बन्नु छ अब आफ्नै गाऊँको न्यानो हराभराबाट ।
अनि नियाल्नु छ दुँनिया आफैले बनाएको धरहराबाट ।

भन्छिन् फर्कि आउँनु उता बग्ने पसिना यतै सिञ्चाएर,
हिरा मोती फलाउँनु पर्छ यही आफ्नै बाँझोगराबाट ।

गुँड छाडेर दुर पुगेनी चरा साँझ गुँड नै फर्किन्छ,
घर भूलेका मुग्लानी हो केहि त सिक ती चराबाट ।

जोगिनु आफू र जोगाउँनु नारीत्व जमाना खराब छ,
थाहा छैन, कहाँ कति बेला लुटिन्छन् फूल भवँराबाट ।

खै ! कस्तो परम्परा बस्यो यो हाम्रो गाऊँ समाजमा,
रुखमा चढाउँछन् अनि आफैं खोतल्छन् जराबाट ।

गजल २७

बाँच्नु छ यहाँ कठै स्वयं आफ्नै छवी बेचेर ।
र जिन्दगी जीउँनु छ आफ्नै जिन्दगी बेचेर ।

कसरी उतारूँ प्रेम चित्र, बाँच्दैछु म जहाँ,
जिन्दगीको क्यानभास पोत्ने त्यो मसी बेचेर ।

तिमी बिना एक्लै यसरी बाँच्ने प्रयास गर्दैछु,
जसरी बाँचेको छ नेपाल सन्तती बेचेर ।

रहर हो या बाध्यता मूल्याङ्कन गर आफै,
जो बाँच्न बिवश छ दिलको कलमी बेचेर ।

बाँच्नु छ यहाँ कठै स्वयं आफ्नै छवी बेचेर ।
र जिन्दगी जीउँनु छ आफ्नै जिन्दगी बेचेर ।

गजल २८

यो दिलमा आगो, लगाएर गई ।
अनि मेरो मन, जलाएर गई ।

साथ दिन्छु भन्थि, जनम–जनम,
त्यो झूटो कसम, खुवाएर गई ।

स्वार्थीय फाईदा, लुटेर उसले,
जीउँदो लास झै, बनाएर गई ।

म बिना बाँच्नै, नसक्नेले आज,
अर्कै लाई मन, पराएर गई ।

ऊ मेरो जीवन, भत्काई दिएर,
अन्तै घर–जम, बसाएर गई ।

गजल २९

बिपना भन्दा सपना, मज्जा लाग्छ आजकल ।
र सपनाको भावना, मज्जा लाग्छ आजकल ।

पत्थरमा फूलपाती, वाईयात भन्दा मलाई,
गर्दा उनकै प्राथना, मज्जा लाग्छ आजकल ।

कुरा काट्ने काटिरन्छ, वास्ता नगरेर त्यस्को,
गर्छु प्रेमकै साधना, मज्जा लाग्छ आजकल ।

प्रेमिल गफ गर्दागर्दै, जब नजिक सर्छिन् उनी,
आहा ! यौवन बासना, मज्जा लाग्छ आजकल ।

पिर ब्याथा बिर्सिएर, उनैको सम्झनामा म,
जब रच्दछु रचना, मज्जा लाग्छ आजकल ।

गजल ३०

धड्किन्छौ तिमी मेरो हर धड्कनबाट ।
तर तिमी भन्छौ निकाल त्यो मनबाट ।

ईज्जत बेचेर सम्पत्ती चाहान्छौ फेरि,
कहाँ पाईएला र ईज्जत धनबाट ।

नाप्न खोज्छौ तिमी प्रेमको यो गहिराई,
कहाँ सकौला र त्यो दुर गगनबाट ।

हिजो एक हुल मान्छे जंगल छिरेसी,
आज विस्तापित भा’छ चरा बनबाट ।

मन दुख्छ पिडा हुन्छ भित्र हृदयमा,
बदलामा बर्सिन्छ आँशु नयनबाट ।

गजल ३१

निरन्तर परिश्रमको प्रयास जता हुन्छ ।
त्यहाँ नै एकदिन अवश्य सफलता हुन्छ ।

हो तिमी मेरो पुरै मानचित्र उतार्ने भन्छ्यौ,
तर थाहै रै’नछ तिम्लाई मुटु कता हुन्छ ।

प्रेममा धोका खाएकालाई मात्रै थाहा होला,
बियोगान्त जीवनमा कति जन्जीरता हुन्छ ।

शिखर पुगे पछि झर्नै पर्छ थाहा छ र पनि,
सव बिर्सिएर मान्छेमा किन अहमता हुन्छ ।

जो खुल्छ स्वयं सम्मुखमा राम्रा नराम्रा संग,
ऊ संगै ‘कान्छो’को प्रगाढ आत्मियता हुन्छ ।

गजल ३२

कहिले गोरो आउँछ कहिले कालो आउँछ ।
हो यसरी नै त यहाँ सबैको पालो आउँछ ।

दुःख पछि सुख आउँनेछ धैर्य गरे पक्कै,
जसरी उकालो पछि जहाँ ओरालो आउँछ ।

जिन्दगीको यो धरातल समथर नसम्झ,
कतै घुम्ति मोड अनि कतै भड्खालो आउँछ ।

वारी बाट पारी हेर्दा सहज देखिन्छ यात्रा,
तर त्यहाँ पनि चुनौतीका भङ्गालो आउँछ ।

कहिले गोरो आउँछ कहिले कालो आउँछ ।
हो यसरी नै त यहाँ सबैको पालो आउँछ ।

गजल ३३

एक बार होईन बारम्बार, यही भन्दैथ्यो ।
चाहिदैन मलाई झुटो प्यार, यही भन्दैथ्यो ।

हृदयको कुना काप्चा सोधीहेरें सबै तिर,
अँह भेटिन मिल्ने बिचार, यही भन्दैथ्यो ।

छाड्देऊ पिछा गर्न हाम्रो बाटो फरक भयो,
सम्बन्ध जोड्ने छैन आधार, यही भन्दैथ्यो ।

तिम्रो साथ छुटे देखि बियोगमा डुबुल्किदै,
‘कान्छो’ नि भा’छ गजलकार, यही भन्दैथ्यो ।

एक बार होईन बारम्बार, यही भन्दैथ्यो ।
चाहिदैन मलाई झुटो प्यार, यही भन्दैथ्यो ।

गजल ३४

आफ्नै गाउँ घर बन पाखा, प्यारो लाग्छ मलाई ।
अनि हाक्पारे र शिली भाका, प्यारो लाग्छ मलाई ।

बिदेशका अग्ला गगनचुम्बी ति महलहरु भन्दा,
हाम्रो उचाई सगरमाथा, प्यारो लाग्छ मलाई ।

हजारौं मूल्य पर्ने त्यो बिदेशी मिनीस्कर्ट भन्दा,
जीउभरी ढाक्ने पाईजामा, प्यारो लाग्छ मलाई ।

बिदेशको त्यो पिज्जा बर्गर र केएफ्mसीभन्दा बरु,
गुन्द्रुक र ढिंडो आफ्नै खाना, प्यारो लाग्छ मलाई ।

आफ्नै गाउँ घर बन पाखा, प्यारो लाग्छ मलाई ।
अनि हाक्पारे र शिली भाका, प्यारो लाग्छ मलाई ।

गजल ३५

बन्नु छैन मलाई हिटलर, कहिल्यै पनि ।
तिमी पनि नबन सकभर, कहिल्यै पनि ।

सक्छौ आफू खुशी तिम्रो आफ्नै स्वतन्त्र छ,
तर कसैलाई नहोस असर, कहिल्यै पनि ।

जिन्दगी यात्रा हो तिम्रो पनि गन्त्यब्य होला,
पुरा हुन्न गन्त्यब्यहिन सफर कहिल्यै पनि ।

सगरमाथा झै उच्च अटल रहोस नाम तिम्रो,
नझुकोस है ति तिम्रा अधर, कहिल्यै पनि ।

बन्नु छैन मलाई हिटलर, कहिल्यै पनि ।
तिमी पनि नबन सकभर, कहिल्यै पनि ।

गजल ३६

मान्छेहरु पनि अनेकन चर्तिकला देखाउँछ ।
छदा छदैको घर भत्काउँछ र फेरि बनाउँछ ।

जे पनि गर्दारहेछन् स्वार्थका लागि मान्छेहरु,
रुखमाथि चढाउँछ अनि फेदमा नै ढलाउँछ ।

खै ! कस्तो जमाना आयो यहाँ बुझ्नै नसक्ने,
जहाँ स्वयं पिता पनि आफ्नै पुत्र बाट डराउँछ ।

मान्छेले मान्छेलाई मानवता र धर्म घोकाएर,
सासु पाल्छ र आफ्नै बा–आमा बृद्धाश्रम पठाउँछ ।

मान्छेहरु पनि अनेकन चर्तिकला देखाउँछ ।
छदा छदैको घर भत्काउँछ र फेरि बनाउँछ ।

गजल ३७

प्रेममा रमाउँन, सिकायो उसैले ।
धोका दिएर पिडा, दिलायो उसैले ।

कस्सिएको थिए म, प्रेमको रसीमा,
बल जफ्ती गरेर, छिनायो उसैले ।

आफैं हो दिलबाट, बसाई सरेकी,
उल्टै दोष मलाई, भिरायो उसैले ।

माया नै मायाको, प्रेमिल भकारी,
गन्त्यब्यमा नपुगी, बिसायो उसैले ।

प्रेमको बियोगमा, तड्पाई तड्पाई,
‘कान्छो’लाई मुग्लान, हिडायो उसैले ।

गजल ३८

हेरिरहेछु यहाँ म नि एकोहोरो अचम्मित भएर ।
कसरी फिर्छ प्रकाश ऐनाबाट परावर्तित भएर ।

जुनदिन तिमीले मेरो दिल तोड्ने धम्कि दियौ नि,
हो त्यहि देखि धड्किदैछ धड्कन आतकिंत भएर ।

प्रेमका नियम तोड्ने स्पष्टिकरणका ति सवालहरु,
चुपचाप लमटन्न पल्टिएका छन् अनुत्तरित भएर ।

प्रेम प्राप्ति मात्रै होईन त्यागपनि रहेछ बुझ्दैछु म,
त्यसैले सहिराछु मुटु जल्दानी अनुसाशित भएर ।

वकिल धेरै छन् तिम्रा फैसला तिमी तिरै हुन्छ,
बस अन्तिम ईच्छा अमररहुँ हाम्रो प्रेमगीत भएर ।

गजल ३९

समय संगै भाग्यले पनि आज यसरी छलिरहेछ ।
सायद नदी रै’छ जिन्दगी छेक्दाछेक्दै बगिरहेछ ।

सपनाको पोको फुकाउँन परदेशिएको हो श्रीमान,
पोको संगै स्वयं आफै काठे बाकसमा फर्किरहेछ ।

हिजो मात्रै भन्दै थियो उसले मेरो चिन्ता नगर्नु है,
छाती पिटी–पिटी आज ऊ त्यहि कुरा सम्झिरहेछ ।

मान्छेको जीवन संग परिचित यो प्रकृतिको पनि,
यो बर्बरताको दुखद देखेर होला आँशु झरिरहेछ ।

समय संगै भाग्यले पनि आज यसरी छलिरहेछ ।
सायद नदी रै’छ जिन्दगी छेक्दाछेक्दै बगिरहेछ ।

गजल ४०

मान्छे सबैको नै स्वाभिमान हुन्छ ।
अनि त आआफ्नै पहिचान हुन्छ ।

खै यो समयलाई चुनौति हो कि,
अनपढ मुर्ख पनि बिद्वान हुन्छ ।

जनता चिसोले कठ्याङ्ग्रिरहँदा,
लाखौ पैंसा मन्दिरमा दान हुन्छ ।

स्वार्थीय लाभमा परेर नै होला,
मान्छे जानेर नै अन्जान हुन्छ ।

हो मेरो देशमा यस्तै हुन्छ सधैं,
भ्रष्टचारीलाई नै सम्मान हुन्छ ।

गजल ४१

दायाँ बाँया कोल्टे फेर्छु, तिम्रो यादले सताउँदा ।
अनि उठि फोटो हेर्छु, तिम्रो यादले सताउँदा ।

मन भित्रको सवै पिर, ब्याथाहरु बिर्सिएर सबै,
मिठा प्रेमिल शब्द केर्छु, तिम्रो यादले सताउँदा ।

सल्बलाउँदा अतितहरु, यो मानसपटल भरी,
मनमा तिम्रै नाम बेर्छु, तिम्रो यादले सताउँदा ।

याद मात्र पठाई यनले सधैं सताई रहन्छौ भने,
मुटु ढुङ्गा पारी सेर्छु, तिम्रो यादले सताउँदा ।

दायाँ बाँया कोल्टे फेर्छु, तिम्रो यादले सताउँदा ।
अनि उठि फोटो हेर्छु, तिम्रो यादले सताउँदा ।

गजल ४२

बोकि सपना अनेक थरी, परदेशीएको हुँ ।
र सुखी बन्न जीवन भरी, परदेशीएको हुँ ।

घर परिवार छाड्दाको पिर मनमा भए नि,
बनावटीको मुस्कान छरी, परदेशीएको हुँ ।

रहर नभई बाध्यताले, पराई भूमि छिर्दा,
रुवाई यो मन धरधरी, परदेशीएको हुँ ।

उनको माया हृदयमा, छताछुल्ल भै’रहँदा,
बनाई मुटु पत्थरसरी, परदेशीएको हुँ ।

बोकि सपना अनेक थरी, परदेशीएको हुँ ।
र सुखी बन्न जीवन भरी, परदेशीएको हुँ ।

गजल ४३

जिन्दगीको लामो यात्रा घुम्तिहरु मोड्नु थियो ।
सपनालाई साकार पार्न गाउँघर छोड्नु थियो ।

आँशु रगत पसिनालाई रुँपियामा साटिकन,
केहि धन जम्मा गरि गरिबलाई तोड्नु थियो ।

सस्तो दरमा महङ्गो श्रमलाई बेचेरै भए पनि,
झरि पर्दा ओत लाग्ने एउँटा घर जोड्नु थियो ।

पुष माघको सिरेटोमा, चिसोले मुटु काप्दा,
जसरी भए पनि दौरा सुरुवाल ओढ्नु थियो ।

जिन्दगीको लामो यात्रा घुम्तिहरु मोड्नु थियो ।
सपनालाई साकार पार्न गाउँघर छोड्नु थियो ।

गजल ४४

पारेर मन दंग, छिरियो मुग्लान ।
छुटी सबै संग, छिरियो मुग्लान ।

जसरी पनि, यो सादा जीवनमा,
भर्नलाई रंग, छिरियो मुग्लान ।

बेरोजगार भै, कुञ्जो परेका यी,
चलाउँन अंग, छिरियो मुग्लान ।

जमाएर धन, गरिबी जन्जीर,
पार्नुलाई भंग, छिरियो मुग्लान ।

पारेर मन दंग, छिरियो मुग्लान ।
छुटी सबै संग, छिरियो मुग्लान ।

गजल ४५

केहि कुरा सिके बुझें मैले त्यो रातबाट ।
उनले दिएको खोट मेरो अजातबाट ।

बुझ्न सकिन अझै नि मैंले यहाँ किन र,
कसरी खुट्याईन्छ साँचो प्रेम औकातबाट ।

शिक्षित तर अन्धो समाजले गर्दा आज,
क्रान्ति हुँदैछ यो जातिय पक्षपातबाट ।

धन्य छु म र धन्यबाद छ उनीलाई पनि,
किनकी खोलिए आँखा आज त्यो घातबाट ।

केहि कुरा सिके बुझें मैले त्यो रातबाट ।
उनले दिएको खोट मेरो अजातबाट ।

गजल ४६

तिम्रा प्रेमिल शब्द सजाई, गजल लेख्न सकुँ ।
अनि यो दिलभित्र छपाई, गजल लेख्न सकुँ ।

म प्रतिको तिम्रा हरेक, मायारुपी गुच्छालाई,
काफिया र रदिफ बनाई, गजल लेख्न सकुँ ।

यदी तरल जस्तै तिम्रोमाया, बगीजान्छ भने,
त्यसलाई ठोस झै जमाई, गजल लेख्न सकुँ ।

समयको बहाव संगै, बहकिन्छ भने त्यो मन,
दिल भित्रै चुकुल लगाई, गजल लेख्न सकुँ ।

तिम्रा प्रेमिल शब्द सजाई, गजल लेख्न सकुँ ।
अनि यो दिलभित्र छपाई, गजल लेख्न सकुँ ।

गजल ४७

लाग्दैछ आजभोली म बेग्लै, संसारमा छु ।
किनकी कसैको साँच्चो पवित्र, प्यारमा छु ।

मेरो माया लाई बिफल बनाउँने हरु,
आफ्नै मान्छेहरु जसको, प्रतिकारमा छु ।

प्रेमिल पालुवा हरु अंकुराउँन यहाँ,
मरुभूमिको तातो शहर कतारमा छु ।

निश्चल प्रेमको खिल्ली उडाउँनेहरु लाई,
अब अनौठो जवाफ दिने बिचारमा छु ।

क्यारी गर्न चाहान्न म थाकि सके त्यसैले, 
जिन्दगी कै निर्णायक गोल प्रहारमा छु ।

गजल ४८

मेटिन्छ प्यास अब त्यहि कुवाबाट ।
जो खनिएको छ सुख्खा बालुवाबाट ।

वृक्ष त्यो जति नै ठूलो भए नि उस्ले,
बिर्सनु हुन्न बढ्या हो बिरुवाबाट ।

बुरुक्क उफ्रदैमा गन्त्यब्य पुगिन्न,
सिक पाठ खरायो र कछुवा बाट ।

लोग्नेको रगतले नै सत्तासिन छौ,
अझै के आशा गर्छौ ति बिधुवाबाट ।

गाई ओगटेका बुढा गोरु हो सुन,
देश चलाईनेछ अब युवाबाट ।

गजल ४९

मेरालागि आउनु बिल्कुल फरक बनेर ।
एक बार होईन पटक पटक बनेर ।

फलाम जस्तो कडा मन बनेछ भने पनि,
मेरै समिप आउँनु तिमी चुम्बक बनेर ।

हाम्रो मायाको प्रेमिल शब्दहरु कोर्नलाई,
कालोपाटी बन्छु म लेख तिमी चक बनेर ।

यो स्वार्थी दुँनियामा मैले प्रेममा हारे पनि,
आऊ मेरो जीवनको स्वर्ण पदक बनेर ।

साथ देऊ दुःख सुखमा जिन्दगीभरी तिमी,
अँध्यारोमा जूनकिरीको झै चमक बनेर ।

गजल ५०

न्युन स्तरको मान्छेपनि भोलि चर्चित हुन सक्छ ।
जो कोहिले सोचे भन्दा ठिक बिपरित हुन सक्छ ।

चट्टानै फोरेर पनि पिपल पलाउँछ भने यहाँ,
जस्तै असम्भब कुरा पनि सम्भावित हुन सक्छ ।

मिलन र बिछोड, आँशु,हाँसो भई रहन्छ प्रेममा,
सायद यस्तै नियम प्रेमिल गणित हुन सक्छ ।

चर्किएको काँच सरी टुटेको प्रेम फेरि जोडिदा,
हो साँच्चै सारा दुँनिया यहाँ अचम्मित हुन सक्छ ।

चुनौतिका त्यो पहाड संग मुकाबिला गर्दै जाँदा,
हार संगै एकदिन अवश्य नि जीत हुन सक्छ ।

गजल ५१

मनमा जमाएकोछ गण, तिम्रा यादहरुले ।
हरेक पल अनि हरक्षण, तिम्रा यादहरुले ।

जब एकान्तमा एक्लै टोलाई बसेको हुन्छु,
तब गर्न थाल्छन् आक्रमण, तिम्रा यादहरुले ।

गरि रहन्छ हमला सधैं यो मेरो मन मुटु,
मस्तिष्कको कण–कण, तिम्रा यादहरुले ।

रातमा हुल बाँधिएर आउँछ र गराउँछ,
निन्द्रा लाई आत्मसमर्पण, तिम्रा यादहरुले ।

कहिले आँशुमा त कहिले हाँसोमा आईदिन्छ,
र त उदाएको यहाँ किरण, तिम्रा यादहरुले ।

गजल ५२

आफु हाँसेर म तिमीलाई, रुवाउँन सक्दिन ।
तिम्रो कोमल हृदयलाई, दुखाउँन सक्दिन ।

मुना मदन जस्तै बनेर, प्रेमको दुँनियामा 
देखाउँनुछ त्यसैले प्रेम, टुटाउँन सक्दिन ।

सोचेकोछु तिमीलाई मेरो, जीवनको पर्याय,
र त हृदयका दर्दहरु, लुकाउँन सक्दिन ।

तिमीले अनेक अस्त्रहरु, प्रहार गरे पनि, 
त्यसको प्रतिकारमा हात, उठाउँन सक्दिन ।

मलजल गरी रोपेको छु, हृदयको कुनामा,
पहिलो प्रेम हो त्यसैले त, कुहाउँन सक्दिन ।

गजल ५३

प्रेममा धोका पाए पछि भट्टी धाउँन थाल्छ मान्छे ।
नशा भित्र डुबे पछि अतित गाउँन थाल्छ मान्छे ।

चाहान्छ ऊ अतितको घाऊ नशा संगै पिई दिन,
र त ऊ माया प्रिती नशा संगै लाउँन थाल्छ मान्छे ।

जड्याहा भन्छन् कोहि कतै पागल प्रेमि पनि भन्छन्,
भट्टी देखि गल्ली सम्मै ऊ चर्चा पाउँन थाल्छ मान्छे ।

अत्याधिक नशा पिई ऊ जीवन त्याग गर्छ जब,
अनि मात्रै यहाँ ऊ सबै सामु छाउँन थाल्छ मान्छे ।

प्रेममा धोका पाए पछि भट्टी धाउँन थाल्छ मान्छे ।
नशा भित्र डुबे पछि अतित गाउँन थाल्छ मान्छे ।

गजल ५४

जहाँ माया आकाश झै फराकिलो हुन्छ ।
त्यहाँ अवश्य नै बढि बिश्वाशिलो हुन्छ ।

साँचो प्रेमिल जोडीका बातहरु पनि,
एक आपसमा सबै पत्यारिलो हुन्छ ।

प्रेममा शंका छिरेपछि पक्कै त्यो माया,
सुइके पसेको जाड झैं अमिलो हुन्छ ।

रुपले हैन प्रिय भित्री मनले गर्नुस प्रेम,
भविष्यमा त्यो अमर र चोटिलो हुन्छ ।

जहाँ माया आकाश झै फराकिलो हुन्छ ।
त्यहाँ अवश्य नै बढि बिश्वाशिलो हुन्छ ।

गजल ५५

भविष्यको लक्ष्य भेट्न, कुदेको नि धेरै भयो ।
संघर्षको पहाड् संग, जुधेको नि धेरैं भयो ।

बुझेको छु, भविष्यको लक्ष्य चुम्न सहज छैन,
जिन्दगीमा यस्ता कुरा, बुझेको नि धेरै भयो ।

यो आत्माले देखेका सपना पुरा गर्नलाई,
दिन अनि रात नभनेरै, जुटेको नि धेरैं भयो ।

बाध्यताले गर्दा नै पराइको गुलामी भा’छु,
त्यसैले त गोर्खे शीर, झुकेको नि धेरैं भयो ।

जल्छ मुटु पोल्छ छाती, सम्हाल्न नै गाह्रो भई,
यी आँखाका आँशुहरु, पुछेको नि धेरैं भयो ।

गजल ५६

तिमीले यो जीवनमा एउटा यस्तो नाम दियौ ।
नाम संगै अर्थ खोज्ने क्या अनौठो काम दियौ ।

आकाशमा शितलदिने बादलुको घुम्टो हटाएर,
हृदय नै पगाल्ने गरी कस्तो तातो घाम दियौ ।

बिहानीको हिमाल झै मेरो स्वच्छ मायालाई,
दलालीको बजारमा झै कौडी मूल्य दाम दियौ ।

बिश्वासका पालुवाहरु सुकिसके भित्रभित्रै बाट,
उजाडियो जीन्दगी नै खै यो कस्तो याम दियौं ।

तिमीले यो जीवनमा एउटा यस्तो नाम दियौ ।
नाम संगै अर्थ खोज्ने क्या अनौठो काम दियौ ।

गजल ५७

यहाँ भोजपुरे खुकुरीको, सान बेग्लै छ ।
र त गोर्खाली बहादुरीको, सान बेग्लै छ ।

हेर्नुस त त्यो मुखै रसाउँने, चट्पटे भन्दा,
मन बटार्ने पानीपुरीको, सान बेग्लै छ ।

भ्रष्ट्रचारी शोषकको त्यो रौनक भन्दा नि,
आफ्नै पसिना मजदुरीको, सान बेग्लै छ ।

आफ्नै जीउको सुगन्ध थाहा नपाए पनि,
अरु भन्दा पनि कस्तुरीको, सान बेग्लै छ ।

यहाँ भोजपुरे खुकुरीको, सान बेग्लै छ ।
र त गोर्खाली बहादुरीको, सान बेग्लै छ ।

गजल ५८

तिम्रो यादले गर्छ आन्दोलन, निदाउँने बेला ।
अनि बेस्सरी बढ्छ धड्कन, निदाउँने बेला ।

सम्झिन त म तिमीलाई हरपल सम्झिन्छु,
तर बढि नै चस्किन्छ मन, निदाउँने बेला ।

यादका हुलहरु पठाएर तिमी जहिल्यै,
पार्छौ मलाई सधैं ऐठन, निदाउँने बेला ।

बलजफ्ती संघर्ष गरेर, निदाउँनै लाग्दा,
नजिकिन्छ अतित झनझन निदाउँने बेला ।

तिम्रो यादले गर्छ आन्दोलन, निदाउँने बेला ।
अनि बेस्सरी बढ्छ धड्कन, निदाउँने बेला ।

गजल ५९

भएकोछ भ्रष्ट्रचार, सिंहदरबार भित्र ।
पस्नुपर्छ अख्तियार, सिंहदरबार भित्र ।

आश्वासनले जनताका मन जितेसी,
किन हुन्थे बफादार, सिंहदरबार भित्र ।

देश बिखण्डन अनि, गृहयुद्ध तिर होम्ने,
छन् थुप्रै योजनाकार, सिंहदरबार भित्र ।

देशलाई शान्ति, सुब्यावस्थि बनाउँने,
छैन र कुनै आधार, सिंहदरबार भित्र ।

भएकोछ भ्रष्ट्रचार, सिंहदरबार भित्र ।
पस्नु पर्छ अख्तियार, सिंहदरबार भित्र ।

गजल ६०

बनाउँनुछ माया अजम्बरी, नजाऊ छोडेर ।
तिमी बिना बाचुँ म कसरी, नजाऊ छोडेर ।

छुट्टिएर तिमी संग जीउँन कहाँ सकुँला र,
मलाई रुवाई धर–धरी, नजाऊ छोडेर ।

पौडिनुछ अझै कति जिन्दगीको यात्रामा,
यो हृदयको सागर तरी, नजाऊ छोडेर ।

काखी बजाउँला दुश्मनले हाम्रो बिछोडमा,
कुरा काट्छन् अनेकथरी, नजाऊ छोडेर ।

बनाउँनुछ माया अजम्बरी, नजाऊ छोडेर ।
तिमी बिना बाचुँ म कसरी, नजाऊ छोडेर ।

गजल ६१

आउँछ हरेक अप्ठ्याराहरु सजिलाबाट ।
र त सुन्दर कमल फुलेको छ हिलाबाट ।

संरक्षकले नै नारीहरुको शिकार गर्छ,
सायद उ प्रभावित होला कृष्ण लिलाबाट ।

जहिल्यै जुध्ने देशका नेतृत्वहरु हो सिक,
हेरेर ति ताँती समझदारी कमिलाबाट ।

बिज्ञान प्रविधीको युगमा पनि मान्छेहरु,
बनाईरहेछन् भगवान निर्जिव शिलाबाट ।

आउँछ हरेक अप्ठ्याराहरु सजिलाबाट ।
र त सुन्दर कमल फुलेको छ हिलाबाट ।

गजल ६२

तिमी पारी म थिए वारी, देखें सपनामा ।
लगाईराथ्यौ रातो सारी, देखें सपनामा ।

समाई हात तर्दै खोला बिच भङ्गालोमा,
छुटाई हात गयौं पारी, देखें सपनामा ।

घर माथिको त्यो वर पिपल ढले संगै,
भत्क्यो घुमाउँने चौतारी, देखें सपनामा ।

श्रृङ्गार्दै थिए संगीहरु तिमी थियौं मख्ख,
अनि हुँदै थियौ बुहारी, देखें सपनामा ।

तिमी पारी म थिए वारी, देखें सपनामा ।
लगाईराथ्यौ रातो सारी, देखें सपनामा ।

गजल ६३

आउँछन् उकाली ओराली, कुलुङ् गाऊजाँदा ।
छन् कतै रमणीय चौतारी, कुलुङ् गाऊजाँदा ।

तुम्लिङ्टारको यात्राबाट, सिधै अरुण तरेर पारी,
स्वागत गर्छ बालुवानी, कुलुङ् गाऊजाँदा ।

मझुवाबेंसी योगमाया पिंठ, निस्किएर त्यहाँ,
चढाउँनुछ है फूलपाती, कुलुङ् गाऊजाँदा ।

कठिन यात्रा नि सहज, बनाई दिन्छन् अतः,
यात्रा गर्नुस जाल्पा भाकी, कुलुङ् गाऊजाँदा ।

आउँछन् उकाली ओराली, कुलुङ् गाऊजाँदा ।
छन् कतै रमणीय चौतारी, कुलुङ् गाऊजाँदा ।

गजल ६४

मनदेखि सम्झेको, कुरा बेग्लै रहेछ ।
सुनेको र भोगेको, कुरा बेग्लै रहेछ ।

दुश्मनहरुको त्यो, आशिर्बाद भन्दा त,
आफ्नाले सरापेको, कुरा बेग्लै रहेछ ।

तिम्रो ब्यावहारले, प्रष्ट गरायो आज,
कि तिमीले चाहेको, कुरा बेग्लै रहेछ ।

अन्याय अत्याचार, सहँदैन कहिल्यै,
यहि भोजपुरेको, कुरा बेग्लै रहेछ ।

मनदेखि सम्झेको, कुरा बेग्लै रहेछ ।
सुनेको र भोगेको, कुरा बेग्लै रहेछ ।

गजल ६५

आएकी थिई जिन्दगीमा, सफर बनेर ।
आखिरीमा गई अरु कै, रहर बनेर ।

मुना मदनको प्रेमिलजोडी जस्तै बनि,
देखाऊ भन्थें दुँनियामा, अमर बनेर ।

आफ्नै गन्त्यब्यमा रमाउँदै गई नदी झै,
म एकोहोरो हेरि रहें, बगर बनेर ।

जब छाडेर गई मेरो साथ उस्ले नि,
आईदिन्छे बारम्बार ऊ, अक्कर बनेर ।

हिजो सम्म गुमनाम भएको मान्छे आज,
कसरी निस्की एक्कासी हिटलर बनेर ।

गजल ६६

घरमा आमा बाबुको अर्कै कुरा ।
मनकी प्यारी सानुको अर्कै कुरा ।

भएर ऋणी जीवन बाँच्न गाह्रो,
नतिर्दा ऋण साहुको अर्कै कुरा ।

भन्छिन् उनी मुग्लान जाऊ बरु,
मान्दैन मन आफूको अर्कै कुरा ।

हृदय संग बहस चल्दा मेरो,
गह भित्रको आँशुको अर्कै कुरा ।

घरमा आमा बाबुको अर्कै कुरा ।
मनकी प्यारी सानुको अर्कै कुरा ।

गजल ६७

आयो ह्वात्तै कहाँ बाट हल्लाएर गयो ।
भएभरको उसको शक्ति जमाएर गयो ।

राहत जति नेता मै पिडित प्याकप्याक्ती,
अनुगमन गर्दै सरकार मुस्कुराएर गयो ।

दैविक शक्ति संगै मुस्कुराउनको कारण,
गत साल नै राहत खान पल्काएर गयो ।

बिगतमा चर्किएको छाती सेलाउन नपाई
खाँटो बसेको घाउ फेरि कोट्याएर गयो ।

आयो ह्वात्तै कहाँ बाट हल्लाएर गयो ।
भएभरको उसको शक्ति जमाएर गयो ।

गजल ६८

तिम्रो अभावमा जिन्दगी जटिल भएको छ ।
र त जीउँन मलाई क्या मुस्किल भएको छ ।

तिम्रो यादले लगातार आक्रमण गरिरहदा,
साँच्चै यो हृदय अचेल कार्गिल भएको छ ।

उता तिमीले सम्झिदा बाडुल्किन्छ मन यता,
यादहरु बर्सन आँखा टिलपिल भएको छ ।

मायाको निश्चित सीमारेखा नाघ्न खोजेदेखी,
पहाड जत्रो बिश्वास पनि तिल भएको छ ।

तिम्रो अभावमा जिन्दगी जटिल भएको छ ।
र त जीउँन मलाई क्या मुस्किल भएको छ ।

गजल ६९

चल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।
छल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।

गाउँको पिरमा तड्पिएर यहाँ,
जल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।

पराई भूमीमा गुलामी भएरै,
गल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।

डाँडा माथिको त्यो घाम जुन जस्तै,
ढल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।

चल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।
छल्दैछ जिन्दगी बिस्तारै–बिस्तारै ।

गजल ७०

एक्कासी आज यो मन, अचम्मित भएको छ ।
हिजो झरेको फूल पनि, सुगन्धित भएको छ ।

तनाब र खडेरी बिच, फुलाएको त्यो फूल,
हेरेर साँच्चै नै यो मन, आनन्दित भएको छ ।

फूल वरिपरी भमराको, त्यो भुनभुनाहट संगै,
कता–कता यो मन पनि, सशंकित भएको छ ।

जस्लाई मैले हृदयको, कालो सूचिमा राख्या थें,
आज ऊ बाट नै यो मन, प्रभावित भएको छ ।

एक्कासी आज यो मन, अचम्मित भएको छ ।
हिजो झरेको फूल पनि, सुगन्धित भएको छ ।

गजल ७१

मेरा हरेक कल्पनामा, सम्झिरहेको छु ।
सहज अनि अप्ठ्यारामा, सम्झिरहेको छु ।

हिजो मात्रै दिलमा छुरा, हानेर गई ऊ,
आज त्यसको बदलामा, सम्झिरहेको छु ।

झट्ट हेर्दा रुप रंग नै, उस्तै देखिए नि,
छुट्याउँदै धान र सामा, सम्झिरहेको छु ।

हरपल मरुभूमिको, यो तातो घाममा,
ईश्वर भन्दा महान आमा, सम्झिरहेको छु ।

सुख सयल हाँसो खुशी, हरेक क्षण संगै,
जिन्दगीको पिर मर्कामा, सम्झिरहेको छु ।

गजल ७२

तिमीलाई भेटेसी जिन्दगानी मुस्कुरायो ।
अनि जिन्दगानी संगै जवानी मुस्कुरायो ।

विस्तारामा बिगतका यादहरु आई दिदा,
बर्सयो आँशु आँखाबाट सिरानी मुस्कुरायो ।

गाऊँका युवाहरु सबै मुग्लान छिरेपछि,
खेतबारी बाझियो कान्छी नानी मुस्कुरायो ।

जन्दिगी कहिल्यै दिल खोली हाँस्न जानेन,
तर आज यो दिल जानी नजानी मुस्कुरायो ।

तिम्रो हाँसो खुशीको जीवन देखेर आज,
मेरा यी दर्दहरु छानी–छानी मुस्कुरायो ।

गजल ७३

बदलेर गाउँ समाज, देखाउँनु छ ।
अनि युवाशक्तिको राज, देखाउँनु छ ।

गाउँ बस्ति टोल–टोल बाट एकभई,
बोलेर सबको आवाज, देखाउँनु छ ।

नेताको भाषण झै बोलेर मात्र हैन,
गरेर सब काम काज, देखाउँनु छ ।

दैनिक हजारौं युवा बोकेर लाने त्यो,
रोकेर हवाई जहाज, देखाउँनु छ ।

बदलेर गाउँ समाज, देखाउँनु छ ।
अनि युवाशक्तिको राज, देखाउँनु छ ।

गजल ७४

माया प्रेम नै जन्दिगीको गहना रहेछ ।
र त अहिले सम्म यहाँ सम्झना रहेछ ।

बाहिरी रुपले जति प्रेमिल देखिए पनि,
मन भित्र अर्कै स्वार्थिय भावना रहेछ ।

बल्ल बुझें आज उसको वास्तबिक स्वरुप,
हृदयमा एक राखी अर्कै साधना रहेछ ।

निर्जिव पत्थर भाकेर प्रेम सफल हुन्न,
था’छ तर सायद यस्तै जमना रहेछ ।

माया प्रेम नै जन्दिगीको गहना रहेछ ।
र त अहिले सम्म यहाँ सम्झना रहेछ ।

गजल ७५

हावा पानी संगै अब माटो पनि बोल्नु पर्छ । 
आजसम्म नबोलेका लाटो पनि बोल्नु पर्छ ।

आफ्ना हक संगै देशका लागि बगाईएका,
सहिदका रगतको टाटो पनि बोल्नु पर्छ ।

कुँजिएका मन मस्तिष्क स्वतन्त्र बनाएर,
जीवनका हरेक यी पाटो पनि बोल्नु पर्छ ।

हाम्रो देशमा दिनदिनै अशान्तिले छाईरहँदा,
शान्तिको दूत बुद्धको बाटो पनि बोल्नु पर्छ ।

हावा पानी संगै अब माटो पनि बोल्नु पर्छ । 
आजसम्म नबोलेका लाटो पनि बोल्नु पर्छ ।

गजल ७६

आज जिन्दगीको निसाफ गर्नु जरुर थियो ।
किनकी दिलको अदालतमा उजुर थियो ।

थाहा छैन जानी नजानी भएको हो यस्तो,
तर लाग्छ अलि कति उनकै कसुर थियो ।

जति नै न्यायको ढोका ढक्ढक्याए नि आखिर,
उ नै स्वयम् सजायको लागि मजबुर थियो ।

जो सुकै वकिल भिडाए पनि न्यायको लागि,
हार निश्चित थियो किनकी गल्ति डङ्गुर थियो ।

आज जिन्दगीको निसाफ गर्नु जरुर थियो ।
किनकी दिलको अदालतमा उजुर थियो ।

गजल ७७

त्यो दिन यो मनको राज्यमा जयजय हुनेछ ।
जब दिल भित्र तिम्रो लागि नै निर्णय हुनेछ ।

दुख्न त यो दिल भित्र नै दुखेको हो तर यहाँ,
आँखालाई सजाय दिई आँशु प्रलय हुनेछ ।

तिमी जति नै चलाखीपना बन्न खोजेता पनि,
तिमीलाई चलाउँने त स्वार्थी समय हुनेछ ।

आजको दुःख पिडामा किन अत्तालिन्छौ तिमी,
हेर अस्ताएको सुर्यको पनि त उदय हुनेछ ।

त्यो दिन यो मनको राज्यमा जयजय हुनेछ ।
जब दिल भित्र तिम्रो लागि नै निर्णय हुनेछ ।

गजल ७८

जिन्दगीको कहानी, लेख्नु छ मैले ।
नमिल्नेलाई छानी, मेट्नु छ मैले ।

हरेक समस्या र चुनौंती लाई,
नगरेरै बैमानी, झेल्नु छ मैले ।

गन्त्यब्यमा पुग्न काँडाघारी पनि,
नगरी आनाकानी, टेक्नु छ मैले ।

कसैलाई खुशी दिनको लागि नै,
यी नयनका पानी, बेच्नु छ मैले ।

जिन्दगीको कहानी, लेख्नु छ मैले ।
नमिल्नेलाई छानी, मेट्नु छ मैले ।

गजल ७९

जिन्दगीका आशाहरु सब हराउँदरुैछ आज ।
मेरै छेउ आएर त्यो काग कराउँदैछ आज ।

सपना नि देख्छु उस्तै भयानक डरलाग्दो,
त्यसैले नि यो मन अति डराउँदैछ आज ।

सोंचेको काम जहिल्यै बिपरित भई दिन्छ,
थाहा छैन यो समयले के गराउँदैछ आज ।

सुख भर्न चाहान्थें म जिन्दगीको झोलीभरी,
तर दुःखै दुःखले यो झोली भराउँदैछ आज ।

जिन्दगीका आशाहरु सब हराउँदरुैछ आज ।
मेरै छेउ आएर त्यो काग कराउँदैछ आज ।

गजल ८०

जति पिए पिउँ लाग्ने, नशा कस्तो सेन्तेरेमको ।
पिर, ब्याथा सबै भाग्ने, नशा कस्तो सेन्तेरेमको ।

नतानुञ्जेल केहि गर्न नसक्नेको पनि यहाँ,
ताने पछि जोस जाग्ने, नशा कस्तो सेन्तेरेमको ।

खडेरीले गोजी सुख्खा भएर नि लाउनै परे, 
ङिच्च गर्दै बाँकि माग्ने, नशा कस्तो सेन्तेरेमको ।

ठिक्क लाए जोस आउने, ज्यादा लाए होस गुम्ने,
बेहोसीमै सिमा नाग्ने, नशा कस्तो सेन्तेरेमको ।

जति पिए पिउँ लाग्ने, नशा कस्तो सेन्तेरेमको ।
पिर, ब्याथा सबै भाग्ने, नशा कस्तो सेन्तेरेमको ।

गजल ८१

नपाएर देशमा जागिर, मुग्लान पसेको हुँ ।
बदल्नलाई आफ्नो तक्दिर, मुग्लान पसेको हुँ ।

देशका युवा रोजगारका लागि यो सरकार,
कहिल्यै भएन र गम्भिर, मुग्लान पसेको हुँ ।

गाउँघर साथिसंगी अनि आफ्नो जन्मभूमिको,
यो छातीमा टासेर तस्विर, मुग्लान पसेको हुँ ।

दक्षता र योग्यताको मूल्य नभए पछि यहाँ,
देशकै बाध्यताले आँखिर,मुग्लान पसेको हुँ ।

नपाएर देशमा जागिर, मुग्लान पसेको हुँ ।
बदल्नलाई आफ्नो तक्दिर, मुग्लान पसेको हुँ ।

गजल ८२

क्षितिजको आकाश भेट्न सकिन ।
हत्केलाले त्यो घाम छेक्न सकिन ।

जति सुकै बलवान भए पनि म,
दुःख पिडाको चाप थेग्न सकिन ।

खुङ्खार धोकेवाज खेलाडी रै’छौं,
र त प्रेमिल लिला खेल्न सकिन ।

अतित खाँटो सम्झिएर अहिले,
मुना मदन जस्तै लेख्न सकिन ।

क्षितिजको आकाश भेट्न सकिन ।
हत्केलाले त्यो घाम छेक्न सकिन ।

गजल ८३

जिन्दगीको सफर अब संग संगै गरौंला नि ।
चुनौतिका जंघारहरु मिलीजुली तरौंला नि ।

जीवनका अहो रात्र सुख दुःख सहनै पर्दा,
हातमा हात मिलाएर लेक बेंशी झरौंला नि ।

यो हृदयको बाँझोबारी खनजोत गरीकन,
प्रेमिल मुना उमार्न मिलेर बिउ छरौंला नि ।

वाचा कसम खाई राख्नु पर्दैन है हामीलाई,
बाँचुञ्जेल संगै रमाउँ मर्दा संगै मरौंला नि ।

जिन्दगीको सफर अब संग संगै गरौंला नि ।
चुनौतिका जंघारहरु मिलीजुली तरौंला नि ।

गजल ८४

सास भईन्जेल मायाको आस हुन्छ ।
आस संगै लक्ष्य चुम्ने प्रयास हुन्छ ।

साँचो माया जति नै दुर भए पनि,
सधैं आफैमा भएको आभाष हुन्छ ।

लाउँन त माया सबले नै लाउँछन्,
तर टिक्नुको आधार बिश्वास हुन्छ ।

जस्ले मायालाई खेलौना सम्झि खेल्छ,
त्यो जीवन भर मायाको दास हुन्छ ।

सास भईन्जेल मायाको आस हुन्छ ।
आस संगै लक्ष्य चुम्ने प्रयास हुन्छ ।

गजल ८५

टुटेको दिलमा अनेक उजुरी हुन सक्छ ।
टुट्नु मै रम्नु शायद मजबुरी हुन सक्छ ।

यो मन बाट अर्कै तिर बसाई सारिदिने,
त्यो पक्कै बेमौसमी हावाहुरी हुन सक्छ ।

हृदयको सिमा नै मिची तोडेर जाँदा पनि,
हेरेर बसिर’ने त्यो बहादुरी हुन सक्छ ।

भोजपुरेको पहिचान खोज्छौ भने तिमी,
हेर त्यो मात्र सिरुपाते खुकुरी हुन सक्छ ।

टुटेको दिलमा अनेक उजुरी हुन सक्छ ।
टुट्नु मै रम्नु शायद मजबुरी हुन सक्छ ।

गजल ८६

हृदयमा कस्तो हुरी बतास चलाई दियौ ।
अनि आकांक्षाका महलहरु ढलाई दियौ ।

तिम्रो आगमनले फुरुङ्ग भा’थ्यो यो मन,
तर उल्टै चाहानाको जराहरु गलाई दियौ ।

तिमी संगै फूल्ने फल्ने ईच्छाहरु हुँदाहुँदै,
छलकपट गरिकन यो मनलाई छलाई दियौ ।

यो दिल भित्र सजाउँने रहर थियो तिमीलाई,
खरानी पो पार्यौ रहर हृदय नै जलाई दियौ ।

हृदयमा कस्तो हुरी बतास चलाई दियौ ।
अनि आकांक्षाका महलहरु ढलाई दियौ ।

गजल ८७

कस्तो हो राक्षस, भगवान कस्तो हो ।
हेर्दा उस्तै लाग्ने, रहमान कस्तो हो ।

यता पनि ठिक्क, उता पनि ठिक्क छ,
मान्छेको संघिय, पहिचान कस्तो हो ।

स्वतन्त्र छ दोषी, निर्दोषी जेल भित्र,
नयाँ नेपालको, संविधान कस्तो हो ।

देश बनाउँन, युवा चाहिन्छ तर,
युवा खेदाउँने, अभियान कस्तो हो ।

कस्तो हो राक्षस, भगवान कस्तो हो ।
हेर्दा उस्तै लाग्ने, रहमान कस्तो हो ।

गजल ८८

न गाँस छ न बास छ अनि न कपास छ ।
र पनि मान्छेहरुको उसैमा बिश्वास छ ।

यहाँ स्वार्गको सपना देखाई रहेछ ऊ,
खै के देला उसैको त ढुङ्गामा बास छ ।

न बोल्दछ न सुन्दछ, न त केहि गर्छ नै,
तर पनि मान्छेमा ऊ प्रति कै आस छ ।

खै ! कस्ले देखेको छ त्यो भगवान लाई
यदी भए पनि स्वयं ऊ समयको दास छ ।

न गाँस छ न बास छ अनि न कपास छ ।
र पनि मान्छेहरुको उसैमा बिश्वास छ ।

गजल ८९

ऊ सधैं–सधैं त्यहिं भगवान पुकारी रहेछ ।
तर जसको त यहाँ स्वार्थ नै पुजारी रहेछ ।

आज अरु नै कसैको जीवन मागिरहेछ ऊ,
तर यहाँ त उसकै जीवन पो भारी रहेछ ।

समयलाई नै अधिनमा ल्याउँन चाहान्थ्यो ऊ,
तर आज समयले नै उस्लाई नारि रहेछ ।

जिन्दगीको परिभाषा सिकाउँदा सिकाउँदै ऊ,
जिन्दगी बेचेर ऊ जिन्दगी नै गुजारी रहेछ ।

ऊ सधैं–सधैं त्यहिं भगवान पुकारी रहेछ ।
तर जसको त यहाँ स्वार्थ नै पुजारी रहेछ ।

गजल ९०

हरेक समस्याको समाधान हुन्छ ।
जन्मे पछि अवस्य अवसान हुन्छ ।

बाचुञ्जेल जति छिःछीः भए पनि,
मरे पछि त उसैको गुनगान हुन्छ ।

यो देश मात्रै एउँटा यस्तो देश हो,
जहाँ भ्रष्टचारीहरु नै सम्मान हुन्छ ।

अन्जानीमा नै गल्ति हुन्छ मान्छेबाट,
तर यहाँ त गल्ति जानाजान हुन्छ ।

कानेखुसी गर्दैमा गोप्य हुन्छ नसम्झ,
यहाँ निर्जिव भित्ताको पनि कान हुन्छ ।

गजल ९१

लेख्नेहरु यहाँ सोंचेर लेख्छन् ।
कोहि अरुलाई बोकेर लेख्छन् ।

लेख्नेले यहाँ जसरी नि लेख्छ,
शब्द शब्दलाई ठोसेर लेख्छन् ।

आफूले आफैंलाई भुलेर पनि,
अरुको मनमा खोजेर लेख्छन् ।

तेरो न मेरो यो दुँनियाभरीको,
हरेक हृदय, जोखेर लेख्छन् ।

लेख्नेहरु यहाँ सोंचेर लेख्छन् ।
कोहि अरुलाई बोकेर लेख्छन् ।

गजल ९२

प्रवासी भइयो शहरमा, धेरैं हिंडे बाटाहरु ।
दिनहुँ गरें संघर्ष यहाँ, कति बसे खाटाहरु ।

मान्छेहरुले मान्छेलाई नै, गोरुजस्तै जोतिरा’छ,
जे गरे नि सहनु पर्ने, हामी कस्ता लाटाहरु ।

आँश,ु रगत र पसिनाको, आहालमा डुब्दा पनि,
नमेटिने नै, भए कहिल्यै, गरिविका टाटाहरु ।

जन्म दुःखी कर्म खोटी, अभागीको जिन्दगीमा,
दुःख र पिडा मात्रै र’छन्, जिन्दगीका पाटाहरु ।

प्रवासी भइयो शहरमा, धेरैं हिंडे बाटाहरु ।
दिनहुँ गरें संघर्ष यहाँ, कति बसे खाटाहरु ।

गजल ९३

पारीपट्टी हेलुवा बेंशी, आहा ! क्या रमाइलो ।
खुशी लाग्छ मनै देखी, आहा ! क्या रमाइलो ।

उत्तर तिर हाँसिरा’छ, अटल स्वच्छ मकालु,
रमाउँछ मन दृश्य हेरी, आहा ! क्या रमाइलो ।

नागबेली भई बगेको छ तलतिर अरुण नदी,
बगौं लाग्छ छाल टेकी, आहा ! क्या रमाइलो ।

दृश्यालोकन गरिरा’छु, अहिले म कुलुङ्बाट,
यस्तै छ है नाली बेली, आहा ! क्या रमाईलो ।

पारीपट्टी हेलुवा बेंशी, आहा ! क्या रमाइलो ।
खुशी लाग्छ मनै देखी, आहा ! क्या रमाइलो ।

गजल ९४

सुसेलीले बोलाउँदैमा लजायौं कि कान्छी ।
मनमा मलाई सुटुक्कै सजायौं कि कान्छी ।

अतितका गल्तिहरु ति मस्तिष्कबाट हटाई,
गुम्सिएका मनका कुरा पजायौं कि कान्छी ।

दुःख सुख जिन्दगी हो  हतोत्साही नभई,
संगालेका पिडाहरु  मजायौं कि कान्छी ।

“कान्छो“नै हो दिलको राजकुमार संझिएर,
मनमनै पञ्चेबाजा बजायौं कि कान्छी ।

सुसेलीले बोलाउँदैमा लजायौं कि कान्छी ।
मनमा मलाई सुटुक्कै सजायौं कि कान्छी ।

गजल ९५

हरपल हरक्षण तिमीलाई हेरिरहुँ झै लाग्छ ।
तिम्रो प्रेमिल अंगालोमा बेरिरहुँ झै लाग्छ ।

यो हृदयको पाना भित्र छेउकुना सबै तिर,
एउँटा मात्रै तिम्रो नाम केरिरहुँ झै लाग्छ ।

कल्पनाको  बगैंचामा फूलिरहँदा  तिमी,
भँवरा झैं भुन्भुनाउँदै घुमिरहुँ झैं लाग्छ ।

तिम्रो पछि परेदेखि पागल झै भा’छु र त,
तिम्रा हरेक खटनहरु टेरिरहुँ झैं लाग्छ ।

रपल हरक्षण तिमीलाई हेरिरहुँ झै लाग्छ ।
तिम्रो प्रेमिल अंगालोमा बेरिरहुँ झै लाग्छ ।

गजल ९६

एकबार होईन  बारम्बार यस्तै छ परदेशीको ।
आउँछ जान्छ दशैं तिहार यस्तै छ परदेशीको ।

लाछिएर बोटको हाँगो ओईलाएको फूल झैं,
फिका खाली हुन्छ निधार यस्तै छ परदेशीको ।

शिशीर होस या वशन्त उस्तै लाग्छ सदाबहार,
जहाँ गए’नि यहि हो संसार यस्तै छ परदेशीको ।

उता गाउँमा झिलिमिली भ’को बेला यता मनमा,
लोडसेडिङ् झैं छ अन्धकार यस्तै छ परदेशीको ।

एकबार होईन  बारम्बार यस्तै छ परदेशीको ।
आउँछ जान्छ दशैं तिहार यस्तै छ परदेशीको ।

गजल ९७

साहुकोमा बन्धकी राखेको घरबारी सम्झेर । 
रुन्छ यो मन आमाको थोत्रो सारी सम्झेर ।

पराईको दासी भई पसिनाको भेल बगाउँदा,
भक्कानिएर आउँछ बाँझो खेत टारी सम्झेर ।

फर्कि जाऊ झैं लाग्छ यस्तो पिडा खप्नु भन्दा,
तर बाध्य छु अझैं बस्न ऋणको भारी सम्झेर ।

दलालीको झूटो आश्वासनमा लोभिदा आज,
पछुतो लागिरा’छ गाउँको रुद्राक्षघारी सम्झेर ।

साहुकोमा बन्धकी राखेको घरबारी सम्झेर । 
रुन्छ यो मन आमाको थोत्रो सारी सम्झेर ।

गजल ९८

बचेको नि भत्काई दियो ओत कता हाल्नु अब ।
चर्किएको छ यो हृदय नै खै के गरेर टाल्नु अब ।

जोहो गरेका अन्नहरु  सबै ढुङ्गा माटो सरी भयो,
बाल बच्चा भोकाईरा’छन् कसरी पो पाल्नु अब ।

कतै बाढी त कतै पहिरो जाने ठाउँ कहिँ छैन,
जता टेक्यो भास मात्रै कता पाईला चाल्नु अब ।

निभ्यो आशाको दीप अन्धकार झै भयो जीवन,
यो पिडितको जीवन यात्रा कहाँ बाट थाल्नु अब ।

बचेको नि भत्काई दियो ओत कता हाल्नु अब ।
चर्किएको छ यो हृदय नै खै के गरेर टाल्नु अब ।
गजल ९९

जिन्दगीमा दुइटा कुरा उस्ता–उस्तै लाग्छ ।
तिम्रो कु–बचन र छुरा उस्ता–उस्तै लाग्छ ।

साथ दिन्छु भनि तिमीले छोडी गए पछि,
आजकल म र टुहुरा उस्ता–उस्तै लाग्छ ।

जब म तिम्रो उत्श्रृङ्खल ब्यावहार देख्छु,
अनि त तिमी र बेसुरा उस्ता–उस्तै लाग्छ ।

जति चुलिए पनि आँखिर पग्लिनै पर्ने,
तिम्रो यौवन र चुचुरा उस्ता–उस्तै लाग्छ ।

जिन्दगीमा दुइटा कुरा उस्ता–उस्तै लाग्छ ।
तिम्रो कु–बचन र छुरा उस्ता–उस्तै लाग्छ ।

गजल १००

बसाई दिएछ यस्तो संस्कार नेपाल बन्दले ।
जनताको हक माग्ने आधार नेपाल बन्दले ।

सायद हाम्रो नै यस्तो देश होला दुँनियामा,
गर्दै हिड्छ प्रचार–प्रसार नेपाल बन्दले ।

बेरोजगारी किन बन्छौ आऊ यता टायर बालौं,
दिएको छ फ्रि मा रोजगार नेपाल बन्दले ।

बढिरा’छन् हत्या हिंसा यो बन्द हड्ताल संगै,
यस्तै दिन्छ नेपालीलाई उपहार नेपाल बन्दले ।

बसाई दिएछ यस्तो संस्कार नेपाल बन्दले ।
जनताको हक माग्ने आधार नेपाल बन्दले ।

गजल १०१

जिन्दगीको सफर अब संग संगै गरौंला नि ।
चुनौतिका जंघारहरु मिलिजुली तरौंला नि ।

जीवनको अहोरात्र दुःख सुख सहनै पर्दा,
हातमा हात मिलाएर लेंकबेशीं झरौला नि ।

यो हृदयको बाँझो बारी खनजोत गरिकन,
प्रेमिल बिरुवा उमार्न मिलेर बिज छरौला नि ।

बाचा कसम खाई राख्नु पर्दैन है हामीलाई,
बाँचुञ्जेल संगै बाँचौ अनि संगै मरौंला नि ।

जिन्दगीको सफर अब संग संगै गरौंला नि ।
चुनौतिका जंघारहरु मिलिजुली तरौंला नि ।